२०८३ बैशाख १९ गते , शनिबार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक ३० गते , शुक्रबार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बिर्तामोड । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
आज साँझ ६ः२० बजे मेचीनगर नगरपालिका वडा नं. १० स्थित पूर्वपश्चिम राजमार्गमा चारआलीबाट धुलाबारीतर्फ जाँदै गरेको मे.६ प.३१७९ नम्बरको मोटरसाइकलले बाटो पार गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । तत्काल नाम, थर, वतन नखुलेका पैदलयात्री अन्दाजी ५० वर्षीय पुरुष गम्भीर घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउनासाथ ६:५० बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नं. ७ बस्ने अन्दाजी ५२ वर्षीय गणेश राजवंशीसमेत घाइते भएका छन् । हात खुट्टा, अनुहार र मुखमा चोट लागेका राजवंशीको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार