२०८३ बैशाख १९ गते , शनिबार

तीन सय घरमा नि:शुल्क धारा जडान गर्ने चिमरिया नेतृत्वको प्रतिबद्धता

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २९ गते , विहीबार
तीन सय घरमा नि:शुल्क धारा जडान गर्ने चिमरिया नेतृत्वको प्रतिबद्धता

चारआली । चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनमा होमिएका राजन चिमरिया नेतृत्वको साझा प्यानलले आफूहरू निर्वाचित भए तीन सय घरधुरीमा निःशुल्क धारा जडान गर्ने प्रतिबद्धता अघि सारेका छन् ।
आगामी निर्वाचनमा आफूहरू विजयी भए विजयी भए ३ वर्षभित्र ३ सय बिपन्न परिवारका घरमा नि:शुल्क धारा जडान गरिदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
संस्थाकाे आगामी मङ्सिर १ गते निर्वाचनका लागि प्रतिबद्धतासहित मत माग्दै घरदैलो अभियानमा हिँडिरहेका चिमरियाले उक्त संकल्प गरेका हुन् ।
आर्थिक रुपमा सबल हुने वर्गले शुद्ध पिउने पानी उपभोग गर्ने र कमजोर आयश्रोत भएका बिपन्न परिवारका सदस्यको आर्थिकसँगै र स्वास्थ्य अवस्थापनि कमजोर हुने भएकाले नि:शुल्क सेवा दिने उनीहरूको सामूहिक प्रतिबद्धता छ। ।
समाजका हरेक वर्गलाई विभिन्न माध्यमबाट सहयोग पुर्याउँदै आएका अध्यक्षका प्रत्यासी उम्मेद्वार चिमरियाले गरीबीका कारण कोही पनि शुद्ध पिउने पानी उपभोग गर्न बन्चित हुन नपरोस् भन्ने पवित्र उद्धेश्यले खानेपानीमा सबैको पहुँच र सर्वसुलभ मूल्यदर पनि लागू गर्ने बताए ।
साझा उम्मेद्वार समुहले संस्थामा हुने बेतिथी र बिसंगतिविरुद्ध लाग्दै नराम्रा कुनैपनि गतिविधि नगर्ने घोषणा गरेका छन् ।
साझा समूहले आर्थिक पारदर्शिता कायम गर्ने, थप बोरिङ निर्माणका लागि आवश्यक जग्गाको ब्यवस्थापन गर्ने, आयोजना क्षेत्रभित्र पाइपलाईन बिस्तार गरी धारा जडान गर्न सहजीकरण गर्ने, साना सहरीमात्रै होइन कृषिमा आयआर्जन वृद्धिका लागि ब्यवस्थापन गर्ने, निर्माणाधीन अलपत्र आयोजना पूरा गर्ने, सरसफाई सम्बन्धी छुट्टै योजना कार्यक्रम ल्याउनेलगायतका १९ बुँदे प्रतिबद्धताहरु सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार