२०८३ बैशाख १९ गते , शनिबार

उद्योगको बक्यौता जनसरोकारको बिषय भएको कुलमानको भनाई

सरकारको निर्देशनमा लाइन जोडेको गुनासो

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २८ गते , बुधबार
उद्योगको बक्यौता जनसरोकारको बिषय भएको कुलमानको भनाई

काठमाण्डौ विद्युत् महसुल उठाउने विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनताको साथ खोजेका छन् बक्यौता विद्युत् महसुल उठाउने विषय अब विद्युत् प्राधिकरण, मन्त्रालय वा सरकारको विषय मात्रै नभएको भन्दै उनले जनताको तहमा पुगिसकेको बताएका हुन्

अहिले बक्यौता भुक्तानीका लागि दिएको १५ दिनभित्र पनि बक्यौता रकम नतिरे यसमा सर्वसाधारणकै तहबाटै आवाज उठ्ने उनले अपेक्षा गरे प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अब यो विषय नेपाल सरकार, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, प्राधिकरणको मात्रै नभएर आम मिडिया पब्लिकको सरोकारको विषय भयो आम जनसरोकारको विषय भएकोले यसलाई आम पब्लिकबाट पनि गम्भीर रूपमा उठ्नेछ भन्ने मलाई लागेको

यो समाधानको अन्तिम चरणमा आइसकेको थियो भन्दै उनले सरकारको निर्देशनका कारण फेरि लाइन जोडेको बताए उनले आफूले पुरानो बक्यौता नतिरी लोड स्वीकृत नै नगर्ने नीति लिइएको भए पनि दोस्रो कार्यकाल सुरु हुनुभन्दा अगाडि थप लोड स्वीकृत भएको बताए

सम्बन्धित समाचार