आख्यानकार ज्ञानु बुढाथोकीको ‘याङरुप’को लोकार्पण
बिर्तामोड । आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यासको लोकार्पण गरिएको छ । शुक्रबार बिर्तामोडमा एक भव्य कार्यक्रम गरी उक्त कृतिको लोकार्पण गरिएको हो ।
क्यान्सर रोगबाट पिडीत बनेका बुढाथोकीले ४ बर्ष लगाएर तयार पारेको उक्त कृति बिर्तामोडको सिटी सेन्टरस्थित साइ पार्टी प्यालेसमा कार्यक्रमका प्रमुख अतिथी साहित्यकार कृष्ण धारावासीलगायतले संयुक्तरुपमा लोकार्पण गरेका थिए ।
मेची क्याम्पसका प्राध्यापक तारा विविध, मधु केरुङ, प्राडा बद्री विलास पोखरेल, प्राडा टंक न्यौपाने र डा. बालचन्द्र सुब्बा लगायतले पुस्तक समिक्षा गरेका थिए ।
साहित्यकार तथा सञ्चारकर्मी लिला अनमोलले शुभकामना मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा कवि तथा गजलकार रिता पोखरेलले लेखक परिचय गराएकी थिइन् । साहित्यकार तथा सञ्चारकर्मी केशव आचार्यले धन्यवाद मन्तव्य राखेका थिए भने डा. कुमार सुवेदीले सहभागीहरुलाई स्वागत गरेका थिए ।
झापाली साहित्य समाजका अध्यक्ष हरि बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्तक संगीत विद्यालयका विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुती राखेका थिए ।
झापाली साहित्य समाज र सप्तक संगीत विद्यालय झापाको संयुक्त आयोजनामा भएको कार्यक्रम पुरुषोत्तम ढुङ्गेलले सञ्चालन गरेका थिए ।
कृतिकार बुढाथोकी फोक्सोको क्यान्सरबाट पिडीत भई उपचार गराइ रहेका छन् ।