२०८३ बैशाख १९ गते , शनिबार

तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २३ गते , शुक्रबार
तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

बिर्तामोड । झापाको शिवशताक्षी नगरपालिका वडा नम्बर ११ बाट तास खेलिरहेको अवस्थामा नगदसहित १८ जना पक्राउ परेका छन्।
स्थानीय ६२ वर्षीय चन्द्रमणि रिमालको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले नगद ४ लाख ५४ हजार पाँच सय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा घरधनी चन्द्रमणि रिमाल, शिवशताक्षी ५ का ३३ वर्षीय मुकेश राउत, शिवशताक्षी ११ का ४५ वर्षीय राजेन्द्र बास्कोटा, ४९ वर्षीय दिपेन्द्र घिमिरे, ४७ वर्षीय राजेन्द्र कुँवर, शिवशताक्षी ४ का २४ वर्षीय सेवराज राज, शिवशताक्षी ७ का ५४ वर्षीय छत्रबहादुर सोडारी,  शिवशताक्षी ६ का ४८ वर्षीय लोकनाथ दुलाल, शिवशताक्षी ९ का ३३ वर्षीय निरज दुलाल,  शिवशताक्षी ४ का ३६ वर्षीय रूपनारायण शाह, शिवशताक्षी ७ का ६१ वर्षीय मणि खड्का, ३२ वर्षीय राजु दर्जी, ५१ वर्षीय तुला सुब्बा, ६९ वर्षीय सीताराम कार्की, ४३ वर्षीय खडीबहादुर श्रेष्ठ, शिवशताक्षी ४ का ३५ वर्षीय मनोज शाह, शिवशताक्षी ९ का ५६ वर्षीय मोहन प्रसाद दुलाल र गौरीगंज गाउँपालिका वडा नं १ बस्ने ४७ वर्षीय हरि राजवंशी रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए। 

सम्बन्धित समाचार