२०८३ बैशाख १९ गते , शनिबार
मोटरसाइकल दुर्घटनामा परि गौरीगञ्जका मगरको मृत्यु
बिर्तामोड । बिहीबार साँझ गौरीगञ्ज ३ ठेकिटोलास्थित हुलाकी मार्गमा भएको मोटरसाइकल दुर्घटनामा परि स्थानीय रोशन मगरको मृत्यु भएको छ ।
बिहीबार साँझ ९ः२० बजे गौरीगञ्ज बजारबाट पुर्व कोरोबारीतर्फ जादैं गरेको मे ८ प ८८९५ नम्बरको मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौरीगञ्ज गाँउपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३० बर्षीय मगर र पछाडी सवार गौरीगञ्ज गाँउपालिका वडा नम्बर २ बस्ने अन्दाजी बर्ष ३२ को श्याम राजबंशी घाइते भई उपचारको लागि लाईफ लाईन अस्पताल दमक पठाएइकोमा उपचारको क्रममा मोटरसाइकल चालक मगरको राति १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।