२०८२ जेष्ठ ३२ गते , शनिबार

कृष्ण बरालको सातौँ कृति नाति पुस्ताको खेल सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २० गते , आईतबार
कृष्ण बरालको सातौँ कृति नाति पुस्ताको खेल सार्वजनिक

धुलाबारी  लीलालेखनका अभियन्ता कृष्ण बरालको सातौँ कृति नाति पुस्ताको खेलको लोकार्पण तथा कृतिमाथिको समूह छलफल (प्यानल डिस्कसन) शनिबार दमकमा गरिएको

कवि तथा स्थापित गजलकार केशव आचार्यले सो कृतिको विमोचन गरेका हुन् पद्मजी पुरस्कार विजेता बरालको कृति नाति पुस्ताको खेलमा शक्तिशाली लेखन  बिम्ब पाठकको मन खिच्ने ओझ भएको विश्वास लोकार्पण कार्यक्रमका वक्ताको

बराल आख्यान पछि पुनः निबन्ध लेखनमा आएका हुन्   निबन्धमा खेल्ने ठाउँ अधिक हुने भएकोले आफू फेरि त्यता मोडिएको उनले बताए उनको लेखनीमा फिक्सन नाति पुस्ताको खेलमा पनि लेखकले लीलालेखन प्रविधिको भरपुर प्रयोग गरेका छन्

कार्यक्रममा प्रमुख अतिथि आचार्य, प्राज्ञद्वय मुनाराज शेर्मा सुमित्रा आङ्देलडा. बालचन्द्र सुब्बा , प्रकाश बुढाथोकी, अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिं गोम्देनले आआफ्नो धारणा राखेका थिए

प्रकाश थाम्सुहाङले सहजीकरण गरेको समूह छलफलमा २८ सालका लेखक  कुमार भट्टराई मिश्र वैजयन्तीले कृतिको उत्खनन गरेका थिए पात्र परिवर्तन हुँदैमा चरित्र परिवर्तन नहुने धारण राखेका लेखक भट्टराईले भने, ‘नाति पुस्ताको खेल विगत, वर्तमान आगतको चित्र छर्लङ्ग पार्ने दर्बिलो कृति हो

यसअघि बरालका तीन पिँढी एउटा सिँढी, लीलावार्ता   शरणार्थीकथा च्यातिएका, अवतरण, अरामायण, समय हराएको बेला कृति प्रकाशित छन्  

बरालको समय हराएको बेला पद्मश्री पुरस्कार पाएको कृति हो अरामायण साहित्यकार बरालको बेनामे कृति हो अरामायणको समीक्षा डा. शंकर उप्रेतीले गरेपछि मात्रै बरालको कृति भएको त्यसबेला खुलेको थियो

श्रष्टा प्रकाशनले बजारमा ल्याएको नाति पुस्ताको खेलमा तीन खण्ड २५ वटा निबन्ध रहेको कृति दुई सय पृष्ठको   प्रकाशकका तर्फबाट अध्यक्ष सुन्दर कुरुप, यम थुलुङलगायतले बोलेका थिए

सम्बन्धित समाचार