२०८१ माघ २९ गते , मंगलबार

चितवनको दियालो बंगला सर्वसाधारणका लागि खुला गरिँदै

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १० गते , शनिबार
चितवनको दियालो बंगला सर्वसाधारणका लागि खुला गरिँदै

झापा तत्कालीन राजा महेन्द्रको निधन भएको भरतपुर आँपटारीस्थित दियालो बंगला दरबार सर्वसाधारण नागरिकहरुका लागि खुला गरिने भएको आगामी वैशाख १५ देखि सर्वसाधारणका लागि दरबार खुला गरिने भएको हो

नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबार आगामी वैशाख १५ गतेभित्र सर्वसाधारणका लागि खुला गर्ने गरी भरतपुर महानगरपालिका नेपाल ट्रष्टका बीच शुक्रवार सम्झौता भएको हो

महानगर प्रमुख रेनु दाहाल नेपाल ट्रष्टका सदस्य सचिव झलकराम अधिकारीले दियालो बंगाला खुला गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्

नेपाल ट्रष्टको ७८औं सञ्चालक समितिको बैठकले दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको थियो

महानगरपालिकाले भरतपुर भ्रमण वर्ष मनाइरहेको बेला ऐतिहासिक मानिएको दियालो बंगला दरबार खुला गर्ने सम्झौता महत्वपूर्ण हुने महानगर प्रमुख रेनु दाहालले बताइन्

बंगालालाई संग्राहलयको रुपमा विकास गर्ने लक्ष्यका साथ महानगरपालिका अगाडि बढेको उनको भनाइ

दरबारभित्र आवश्यक पर्ने पर्यटकीय पूर्वाधार निर्माणमा महानगरपालिकाले पनि सहयोग गर्ने उनले बताइन्

दरबार राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकको अध्ययन तथा अनुसन्धानको थलो बन्ने प्रमुख दाहालको भनाइ अन्य पालिकामा पनि ट्रष्टका ऐतिहासिक धरोहर, सम्पदा, भए पनि भरतपुर महानगरपालिका ट्रष्टसँग सम्झौता गर्ने नेपालकै पहिलो पालिका बन्न सफल भएको

ट्रष्टले ऐतिहासिक एवम् सांकृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि २०८० निर्माण गरेको

शुक्रबार भएको सम्झौतामा वटा बुँदा समावेश छन् सम्झौतामा कार्यविधिको अधिनमा रही बंगलाको सञ्चालन व्यवस्थापन गर्नुपर्ने उल्लेख टिकट घर, शौचालय, पार्किङ्ग, गार्डेनिङ्गका लगायतका कामहरु हुँदैछन्

ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले २०२६ सालमा निर्माण गरेका थिए २०२८ माघ गते यो दरवारमा बस्न आएका राजा महेन्द्रलाई माघ १६ गते राती ११ बजेतिर अचानक हृदयघात भएको थियो

उनलाई चिकित्सकहरुले बिहान पौने बजे मृत घोषणा गरेका थिए उनी एक महिना बस्ने भनेर सो बेला चितवन आएका थिए

विशेष गरी हिउँदमा चिसो छल्न राजा राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ

राजपरिवारका सदस्यले बसोबास गर्ने राजा महेन्द्रको निधन यहीं बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको

राजा महेन्द्र बेलाबखत परिवारसहित यहीँ दरवारमा आएर बस्ने, नारायणी नदीको तटिय क्षेत्रमा घुम्ने गर्दथे राजा वीरेन्द्रले २०२७ सालमा आफ्नो जन्मोत्सव पनि यही दरबारमा मनाएका थिए

नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबारको पहिलो तलामा ठूलो बैठक कक्ष जसको भित्तामा पूर्व राजारानी महेन्द्र वीरेन्ऽको तस्वीर देख्न सकिन्छ

र्भयाङमा २०२६ सालमा राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको

दरबारमा पाँचवटा बेडरुम छन् राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै

दरबारको छेउमा दरबारका महिला सुसारेका लागिनानीगञ्ज भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर

केही पर सवारी साधन राख्नका लागि ग्यारेज त्यसको छेउमा पौडी पोखरी मनमोहक तटीय क्षेत्र, जलपर्यटनका क्रियाक्रलापहरु, साल, जामुन, यमुना, सिन्दुर, सिसौ जस्ता रुखहरुको हरियालीे, वनस्पति, विभिन्न प्रजातिका चराचुरुङ्गी एवम् राजाहरुले प्रयोग गरेका सामग्रीहरु यहाँका प्रमुख आकर्षण हुन्

दियालो बंगला क्षेत्र ५२ बिगाहको बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारि थप पाँच बिघा जमिन नेपाल ट्रष्टले व्यवस्थापन गर्दै आएको बंगलाको सुरक्षा नेपाली सेनाले गर्छ

सम्बन्धित समाचार