२०८३ बैशाख १७ गते , विहीबार

नेपाल पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वार्टर फाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २० गते , आईतबार
नेपाल पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वार्टर फाइनल प्रवेश

बिर्तामोड अर्ना छैटौँ झापा गोल्ड कपको दोस्रो दिन भएको खेलमा डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले विजयी सुरुवात गरेको नेपाल पुलिस क्लबलाई गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनलको यात्रा तय गरेको हो

झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको पुलिस भने यसअघिका वटै संस्करणमा पहिलो चरणमै घर फर्किएको थियो पुलिस योपटक पनि पहिलो चरणमै घर फर्किन बाध्य बन्यो

आइतबारको खेलमा दुवै टिमको मिडफिल्ड चल्न सकेन निर्धारित ९० मिनेटमा पुलिसले तीन चर्च ब्वाइजले एउटा मात्र डेन्जर मुभ बनाउन सकेको थियो तर, डिफेन्स लाइन गोलकिपरको केही गल्तीका कारण पुलिस दबाबमा परेको थियो

खेलको ५३औँ मिनेटमा चर्च ब्वाइजका अवयोमी अबयोमीलाई पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले पेनाल्टी एरियामा फाउल गरेका थिए त्यसपछि पाएको पेनाल्टीलाई अबयोमीले गोल गर्दै टिमलाई को अग्रता दिलाए

खेलको ७८ औँ मिनेटमा अबयोमीको क्रस पासमा समिर तामाङले गोल गर्दै खेलमा अग्रता दोब्बर बनाए पेनाल्टी एरियामा अनमार्क रहेका तामाङले दायाँ बार च्याप्दै गरेको प्रहारले जाली चुमेको थियो

खेलको ६५औँ मिनेटमा अबयोमीले अग्रता दोब्बर गर्ने अवसर गुमाएका थिए पेनाल्टी एरियामा पाएको बललाई उनको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो

खेलको ४३औँ मिनेटमा पुलिसका पेनाल्टी एरिया नजिकै पुलिसका उज्ज्वल राईलाई चर्च ब्वाइजका खेलाडीले लडाएपछि पुलिसले फ्रिकिक पाएको थियो सञ्जीव लामाले गरेको फ्रिकिक विपक्षी गोलरक्षक दीप कार्कीले पञ्च गरेर बचाए

६९औँ मिनेटमा पेनाल्टी एरियामा पाएको अवसर पुलिसले खेर फालेको थियो विकास विकको पावरफुल प्रहार पोस्टमा लागेर रिबाउन्स भएको थियो रिबाउन्स बललाई आशिष राईले प्रहार गर्दा बारको नजिकैबाट बाहिरिएपछि पुलिस बराबरी गर्ने अवसरबाट बञ्चित भएको थियो  

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै विजेता चर्च ब्वाइजका प्रशिक्षक रुविन राईले नयाँ मैदानमा खेल्दा अपेक्षाकृत स्कोर हुन नसकेको बताए उनले लिग विजेताको स्तरले प्रतियोगितामा नतिजा नआउनु खेलको स्तर खुम्चिएको स्वीकारेका छन्

पुलिसका प्रशिक्षक चेतन घिमिरेले स्कोररको कमीका कारण प्रतियोगितामा नतिजा नआएको बताएका छन् उनले नयाँ खेलाडीलाई अवसर दिँदा अनुभवको कमीसमेत देखिएको बताए

खेलको प्लेयर अफ म्याच चर्च ब्वाइजका अवयोमी घोषित भए उनले ११ हजार रुपैंयाँ पुरस्कार पाए

सोमबार हुने पहिलो क्वार्टर फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ एफसी सर्लाहीको बागमती युवा क्लबबीच हुनेछ

फागुन २८ गते हुने गोल्डकपको फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद लाखमा चित्त बुझाउनु पर्नेछ

सम्बन्धित समाचार