२०८३ बैशाख १७ गते , विहीबार

नेपाल इन्स्योरेन्स कम्पनी र झापा गोल्डकपबिच बीमा सम्बन्धि सम्झौता

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १ गते , मंगलबार
नेपाल इन्स्योरेन्स कम्पनी र झापा गोल्डकपबिच बीमा सम्बन्धि सम्झौता

बिर्तामोड नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले झापा गोल्ड कपका खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुको बीमा गरिदिने भएको गोल्ड कप नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाण्डौबिच दुर्घटना बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो

आसन्न छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै दुर्घटना बीमा गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए

सम्झौतापत्रमा नेपाल इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेल गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले हस्ताक्षर गरेका छन्

अधिकृत पोखरेलका अनुसार खेल अवधिभर रंगशालाभित्र खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुमध्ये कसैको दुर्घटना भएमा उपचार खर्च एक लाख रुपैयाँ मृत्यु भएमा मृतकलाई कम्पनीले सात लाख रुपैयाँ उपलब्ध गराउनेछ

यसैबीच, बीमा गर्दा लागेको सम्पूर्ण खर्चको प्रायोजन कम्पनीले व्यहोरेको कम्पनीले तीन सयजनाको बीमा खर्च आफैँ व्यहोर्ने गरी सम्झौता भएको हो

त्यस्तै, प्रतियोगिताको इन्स्योरेन्स पार्टनरको रुपमा नेपाल इन्स्योरेन्स कम्पनी रहनेछ कम्पनीले यसअघि पाँचौँ संस्करणको प्रतियोगितामा पनि खेलाडी तथा अफिसियलको बीमा गरिदिएको थियो

सम्बन्धित समाचार