२०८३ बैशाख १७ गते , विहीबार

बिर्तामोडमा खेलकुदसम्बन्धि विविध कार्यक्रम हुने

sajilo news
परिवेश मिडिया
२०८० माघ २५ गते , विहीबार
बिर्तामोडमा खेलकुदसम्बन्धि विविध कार्यक्रम हुने

बिर्तामोड बिर्तामोडमा खेलकुदसम्बन्धि विविध कार्यक्रम आयोजना हुने भएको नगर खेलकुद विकास समितिको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो

खेलकुद क्षेत्रको विकास, प्रवर्धन खेल व्यवस्थापनमा जुटिरहेको नगर खेलकुद समितिले कार्यक्रमको आयोजना गर्ने भएको हो कार्यक्रममा खेलकुदसँग सम्बन्धित वादविवाद तथा निबन्ध लेखन प्रतियोगिता, पोस्टर बनाउने, चित्रकला, योग तथा व्यायाम, पुरातात्विक खेल, दौड, फुटवल, क्रिकेट, बास्केटवल, भलिवल, व्याडमिन्टन, स्नुकर लगायतका खेलहरु हुने नगर खेलकूद विकास समितिका संयोजक विकास गिरीले जानकारी दिए  

प्रतियोगितामा विर्तामोड नगरपालिका क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुमात्रै सहभागी हुन पाउने नगर खेलकूद विकास समितिका सचिव विसन लिम्बुले बताए कक्षा देखि १२ सम्मका विद्यार्थीले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने छन्

कार्यक्रममा शिक्षक, अभिभावक कर्मचारीहरुका बीच केहि मैत्रीपूर्ण खेलहरु खेलाइने योजना रहेको नगर खेलकुद विकास समितिका सदस्य तथा महोत्सवका सहसंयोजक विशाल अग्रवालले जानकारी दिए

प्रतियोगिता व्यवस्थित बनाउन विषयगत विज्ञहरुसँग छलफल तयारी भईरहेको आयोजकले जनाएको महोत्सवलाई अझै व्यवस्थित बनाउन विद्यालय तथा केहि नीजि क्षेत्रको पनि सहयोग रहने जनाइएको

महोत्सव अन्तर्गतकै प्रश्न उत्तर कार्यक्रम भने सबै विद्यालयमा पुगेर यहि महिनाको अन्तिमदेखि सुरु गर्ने आयोजकले जनाएको

सम्बन्धित समाचार