२०८३ बैशाख १९ गते , शनिबार
एउटै घरको छतबाट खसेर १० बर्षको अन्तरमा बाबु छोराको मृत्यु
बिर्तामोड । आफ्नै घरको छतबाट झरेर झापाको बिर्तामोडमा एकजनाको मृत्यु भएको छ । भारतीय सैनिकबाट सेवानिवृत्त भएर केही महिना अघि घर फर्केका बिर्तामोड-५ सुब्बाचोक बस्ने ४८ वर्षीय कबिरमान तामाङको आफ्नै घरको छतबाट झरेर मृत्यु भएको हो ।
बिहान ३ बजेको समयमा छतबाट झरेर घाईते भएका तामाङलाई उनका श्रीमती र छोराले उपचारका लागि बीएण्डसी अस्पताल पुर्याएकोमा उपचारका क्रममा आज बिहान ५:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
मृतकका पिता भीमबहादुर तामाङको पनि सोही घरको छतबाट झरेर मृत्यु भएको थियो । करिव १० वर्षअघि सो घर एकतले हुँदा तामाङका पिता भीमबहादुरको पनि घरको छतबाट झरेर मृत्यु भएको थियो ।
तामाङका दुई छोरा मध्ये एक जना भारतीय सेनामा छन भने छोरी भर्खरै अमेरिका गएको स्थानीयले बताएका छन ।