२०८३ बैशाख १९ गते , शनिबार

रुखमै अस्ताए शिवसताक्षीका सन्त

sajilo news
परिवेश मिडिया
२०८० भाद्र ३१ गते , आईतबार
रुखमै अस्ताए शिवसताक्षीका सन्त

बिर्तामोड । झापा शिवसताक्षी नगरपालिका-८ रत्नचोकका सन्तबहादुर तामाङको रुख चढेको अवस्थामा मृत्युभएको छ । आइतबार बिहान साढे सात बजे रुखमा चढेर घाँस काट्ने क्रममा उनको रुखमै मृत्यु भएको हो ।
घर नजिकै रहेको ३५-४० फिट अग्लो खरीको रुखमा घाँस काट्ने क्रममा रुखको हाँगाको कापमा सन्तलाई अड्किएको अवस्थामा परिवारका सदस्यले देखेर इलाका प्रहरी कार्यालय झिलझिलेमा खबर गरेका थिए ।
तामाङलाई प्रहरीले उद्दार गरी रूखबाट तल निकालेको थियो । तर, तामाङको रुखमै मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 
तामाङ उच्च रक्तचापको रोगी भएको बुझिएको छ । 

सम्बन्धित समाचार