२०८३ बैशाख १९ गते , शनिबार

रथयात्रामा सजगता अपनाउन प्रहरीको अनुरोध

sajilo news
परिवेश मिडिया
२०८० भाद्र २१ गते , विहीबार
रथयात्रामा सजगता अपनाउन प्रहरीको अनुरोध

बिर्तामोड । श्रीकृष्ण रथयात्राका क्रममा आपराधिक घटना हुनसक्ने भएकाले त्यसतर्फ सजगता अपनाउन जिल्ला प्रहरी कार्यालय झापाले अनुरोध गरेको छ ।

कार्यालयले एक सार्वजनिक सूचना जारी गरी आज भदौ २१ गते झापा जिल्लाका बिभिन्न स्थानहरुमा आयोजना हुने रथयात्राको अवसरमा ठुलो संख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थिति हुने र उक्त स्थानहरुमा भिडभाडको फाईदा उठाउँदै आपराधिक गतिविधिहरु हुन सक्ने भएकाले सजगताा अपनाउन अनुरोध गरेको हो ।

बहुमुल्य गरगहनाहरु लगाई उक्त भिडभाडमा नजान, उक्त स्थानमा जाँदा अधिक नगद तथा बहुमुल्य सामग्रीहरु नलगाउन, सवारीसाधनहरु चलाउँदा पार्किङ स्थलभन्दा बाटोको साइडमा नराखिदिन, सवारीसाधनहरु पार्किङ गरी राख्दा ह्याण्डिल लग, ह्विल लक लगायतका सुरक्षाका अतिरिक्त विधिहरु अपनाउन, भिडभाडको फाईदा लिई महिलाहरुमा हुने दुव्र्यवहारप्रति सजग रहन, आफ्नो छेउमा रहेको जुनसुकै व्यक्ति शंकास्पद हुन सक्ने भएकाले हरहमेसा चनाखो रहन, कुनै पनि प्रकारको चोरी, लुटपाट, दुव्र्यवहारलगायत अन्य आपराधिक गतिविधिहरु भएमा वा कसैको गतिविधिहरु शंकास्पद लागेमा नजिकको प्रहरी कार्यालय अथवा जिल्ला प्रहरी कार्यालय झापाको हटलाइन नम्बर १०० तथा मोबाइल नम्बरहरु ९८५२६७१५५५ र ९८५२६९००४९ मा सम्पर्क गरी जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार