२०८३ बैशाख १९ गते , शनिबार

चिया उत्पादक संघ र चिया सम्बद्ध ट्रेड युनियनबिच तीन बुँदे सहमति

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १८ गते , सोमबार
चिया उत्पादक संघ र चिया सम्बद्ध ट्रेड युनियनबिच तीन बुँदे सहमति

बिर्तामोड । नेपाल चिया उत्पादक संघ र चियासँग सम्बद्ध ट्रेड युनियनबिच तीन बुँदे सहमति भएको छ । आइतबार चिया उत्पादक संघको कार्यालयमा भएको छलफलबाट तीन बुँदे सहमति भएको हो ।

नेपाल चिया उत्पादक संघ र नेपाल चियाबगान श्रमिक संघ, अखिल नेपाल चिया मजदुर संघ र नेपाल बगान तथा कृषि श्रमिक संघबिच भएको छलफलबाट मजदुर युनियनको मागको बिषयमा सहमति भएको हो । सो छलफलबाट गत साउन ३२ गते राजपत्रमा प्रकाशित चिया बगानका श्रमिकका लागि तोकिएको आधारभूत पारिश्रमिक र महंगी भत्तासमेतमा वृद्धि भएको फरक रकम सो अवधिमा काम गरेका श्रमिकलाई साउन १ गतेदेखि नै लागू गरी भुक्तानी दिने र फरक रकम आगामी कात्तिक मसान्तसम्ममा भुक्तानी दिने निर्णय भएको अखिल नेपाल चिया मजदुर संघ झापाकी अध्यक्ष सिता सापकोटा (सन्ध्या)ले जानकारी दिइन् ।

त्यस्तै उक्त भेलाले हाल समग्र चिया बगान प्रतिष्ठानमा कार्यरत नियमित स्थायी श्रमिकहरुलाई प्रक्रिया शुरु गरि कानुन बमोजिम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सूचिकृत गर्दै लैजाने र बगानसम्बन्धि अन्य बिषयहरुमा क्रमश छलफल गर्दै लैजानेसमेत सहमति गरेको उनले बताइन् ।

दुई बुँदे सहमति भएसँगै भोलिदेखि गर्ने भनिएको बन्दको कार्यक्रम स्थगन गरिएको समेत उनले बताइन् । छलफलमा उत्पादक संघको तर्फबाट अध्यक्ष सुरेशकुमार अग्रवाल, सहसचिव विनयकुमार गोयल, सदस्यहरु समेश पराजुली, राजेन्द्रकुमार सिंहलगायत थिए भने ट्रेड युनियनको तर्फबाट नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङ्, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका उपाध्यक्ष सहिकुमार राई, अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटालगायतको उपस्थिती रहेको थियो । 

 

 

सम्बन्धित समाचार