२०८३ बैशाख १९ गते , शनिबार
अवैध काठसहित ट्याक्टर र चालक पक्राउ
बिर्तामोड । दमक नगरपालिका १० बाट प्रहरीले अवैध रुपमा लैजाँदै गरेको अवस्थामा काठसहित ट्याक्टर र चालकलाई पक्राउ गरेको छ ।
आइतबार १ बजे मे१त ७८१९ नम्बरको ट्याक्टरमा राखेर ३ थान धगेरो र ६ थान सालको गरी ३३.६१ क्युविक फिट काठ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका ट्याक्टर चालक दमक १० का ४३ बर्षीय त्रिलोचन न्यौपानेसहित काठ र ट्याक्टर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।