२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडमा क्वाटी पुन्ही तथा लाखे जात्रा

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १४ गते , विहीबार
बिर्तामोडमा क्वाटी पुन्ही तथा लाखे जात्रा

बिर्तामोड । नेवाः पासा मुना पुचः बिर्तामोडले क्वाटी पुन्ही तथा लाखे जात्रा सम्पन्न गरेको छ । गाईजात्राको अवसरमा बिर्तामोडको वान स्टप मल अगाडी कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई नेवारी परिकार क्वाटी वितरण गरिएको थियो । नेवाः पासा मुना पुचः बिर्तामोड अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्मालगायत अतिथीहरु रहेका थिए ।

कार्यक्रममा लाखे र नेवारी भेषभुषामा सजिएका युवायुवतीहरुले लाखे नृत्य प्रदर्शन गरेका थिए । 

सम्बन्धित समाचार