२०८३ बैशाख १९ गते , शनिबार

बाह्रदशीमा मोटरसाइकल दुर्घटनाहुँदा हेमरमको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १४ गते , विहीबार
बाह्रदशीमा मोटरसाइकल दुर्घटनाहुँदा हेमरमको मृत्यु

बिर्तामोड । बिहीबार बिहान ११ बजे बाह्रदशी-५ घोडामारा चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा बाह्रदशी-३ बस्ने २२ बर्षीय सनम हेमरमको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे८प ३५६९ को मोटरसाइकलले पैदलयात्री स्थानीय ४५ बर्षीया मनि मर्डीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनाबाट मोसा चालक सनम हेमरम र पछाडी सवार बिर्तामोड-३ निवासी २३ बर्षीय समीर महमद घाइते भएका थिए । उपचारका लागि उनीहरुलाई बिर्तासिटी अस्पताल लगिएकोमा हेमरमलाई डाक्टरले मृत घोषित गरेका थिए ।

सम्बन्धित समाचार