२०८३ बैशाख १९ गते , शनिबार

नहरमा डुबेर एक जनाको मृत्यु, सँगै मापसे गर्ने साथी पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १३ गते , बुधबार
नहरमा डुबेर एक जनाको मृत्यु, सँगै मापसे गर्ने साथी पक्राउ

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका १० स्थित कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा शिवसताक्षी १० बस्ने ३८ वर्षिय बिष्णुप्रसाद चिमरिया रहेका छन् । गएराति सवा नौ बजेको समयमा चिमरिया र सोही ठाउँ बस्ने अन्दाजी ४० बर्षीय अर्जुन मगर मादक पदार्थ सेवन गरी कन्काई सिंचाई आयोजनाको नहरको डिलमा बसेका थिए । चिमरिया डिलबाट नहरमा झरेको भनी उनका साथी मगरले अस्थायी प्रहरी चौकी माईधारमा खबर गर्नासाथ टोली खटिएर नहर बन्द गरी स्थानीय समेतको सहयोगमा खोजी गर्दा रातभरि चिमरिया भेटिएका थिएनन् ।

आज बिहान ७M२० बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोली र स्थानीयहरुको सहयोगमा खोजी गर्ने क्रममा नहरमा झरेको घट्नास्थलबाट अन्दाजी ७ किलोमिटर दक्षिण नहरभित्र घोप्टो परी ढुङ्गामा अड्केको अबस्थामा उनको शव फेला परेको हो । कानुनी प्रकृया पुरा गरी शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाईएको र चिमरियासंगै रहेका मगरलाई ईप्रका झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

सम्बन्धित समाचार