२०८३ बैशाख १९ गते , शनिबार

गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्यो, ८ जनाको उद्धार

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १३ गते , बुधबार
गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्यो, ८ जनाको उद्धार

बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जोर्तेको उकालोमा गुडिरहेका बेला पहिरो खसेको हो ।

जीपमा सवारमध्ये ८ जनाको उद्धार गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ । गाडी भित्र अझै २ जना च्यापिएको अवस्थामा रहेकाले निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बांकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार