२०८३ बैशाख १९ गते , शनिबार

गत भदौदेखि यताका साढे ११ लाख लाइसेन्स छाप्न बाँकी

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १३ गते , बुधबार
गत भदौदेखि यताका साढे ११ लाख लाइसेन्स छाप्न बाँकी

बिर्तामोड । झापा मेचीनगरका कमल रेग्मीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेर राजश्व बुझाएको एक बर्ष हुन लाग्यो । पटक पटक बिर्तामोडस्थित यातायात कार्यालय जान्छन तर अहिलेसम्म स्मार्ट लाइसेन्स हात पर्न सकेको छैन

राजस्व तिरेको रसिद मात्र कति बोकेर हिँड्नु, च्यातिने डर पनि उत्तिकै छ,’ उनले भने, ‘कर्मचारीले लाइसेन्स छापिएर आएको छैन भन्दै फर्काउँछन्। अझै कतिन्जेल पर्खनु?’

रेग्मीजस्ता साढे ११ लाख सेवाग्राही लाइसेन्सको प्रक्रियामा छन्। यातायात व्यवस्था विभाग स्रोतका अनुसार २०२२ अगस्ट (०७९ भदौ) देखिको कार्ड प्रिन्ट हुन बाँकी छ। उनीहरूले लाइसेन्स पाउन झन् ढिलो हुने भएको छ, किनकि दुई महिनादेखि स्मार्ट लाइसेन्सको छपाइ पूर्ण रूपमा बन्द छ। छपाइ खुलेपछिको झन्डै एक वर्षपछि मात्रै सेवाग्राहीले लाइसेन्स पाउनेछन्प्रिन्ट गर्ने कार्ड नै सकियो, अब सूची झन् थपिन्छ,’ एक अधिकारीले भने, ‘कार्ड हुँदासमेत दुई सिफ्टमा प्रिन्ट हुन्थ्यो। मेसिन बिग्रेपछि प्रिन्टको काम बन्द छ

मेसिनले दिनमा ४४ सय थान कार्ड प्रिन्ट गर्ने क्षमता राख्छ। तर दिनमै ६ हजारदेखि ७ हजारसम्मको माग छ। विभागले लाइसेन्सको मागअनुसार प्रिन्टसमेत गर्न सक्दैन। विभागले लाइसेन्स छापेर प्रदेशअन्तर्गतका यातायात कार्यालयमा पठाउँछ। त्यस्ता कार्यालयको संख्या उपत्यकामा सहित ४७ छ। दैनिक सेवाग्राहीले लाइसेन्स कहिले आउँछ भन्दै सोध्ने गरे पनि विभागबाट छापिएर नआएकाले वितरण गर्न नसकिएको सम्बन्धित यातायात कार्यालय बताउँछन्। विभागका अनुसार जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिस जीएमबीएचले कार्ड समयमै डेलिभरी नगर्दा छपाइ प्रभावित भएको हो। उक्त कम्पनीले १९ करोड ८८ लाख १४ हजार रुपैयाँमा कार्ड आपूर्ति ठेक्का लिएको छ

कार्डको मौज्दात ७० हजारभन्दा तल झरेपछि नियमित छपाइ हुन नसकेको विभागका निमित्त महानिर्देशक रामचन्द्र पौडेलले बताएठूलो संख्यामा कार्ड किनेर राख्न नसक्दा यस्तो समस्या आएको हो,’ उनले भने, ‘फेरि टेन्डर भइसकेपछि डेलिभर हुने समय लम्बिँदा थप समस्या भएको हो

 

जेठभित्र उपलब्ध गराउने गरी ठेक्का सम्झौता भए पनि कम्पनीले कार्ड उपलब्ध गराएको छैन। विदेश जानेलाई अत्यावश्यक पर्ने भएकाले अहिले छपाइ गरेर दिने गरिएको महानिर्देशक पौडेलको भनाइ छ१२ लाख कार्ड आएर सकिने बेलासम्म दोस्रो लटको कार्ड ल्याउन टेन्डर गर्ने तयारीमा छौं,’ उनले भने, ‘बीचमा ग्याप हुन नदिन अहिलेदेखि नै टेन्डरको काम थालेका छौं

भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी)ले पर्सनलाइजेसनको काम समयमै नगर्दा लाइसेन्स डेलिभरीको समस्या भएको पौडेल बताउँछन्अहिले यो चरण पार भएको खबर छ, अब आपूर्तिको काम सुरु हुन्छ,’ उनले भने, ‘दसैंअघिसम्म कार्ड ल्याएर वितरण गर्छौंतर १२ लाख कार्ड आउने बेलासम्म आपूर्तिभन्दा माग बढी हुने देखिएको छ। आइतबारसम्म ११ लाख ५२ हजार ५ सय ५६ ले लाइसेन्सका लागि प्रक्रिया र्पुयाएका छन्। यो सकिने बेलासम्म नयाँ टेन्डरबाट थप कार्ड आउने पौडेलले बताए

दसैंअघि कार्ड ल्याएर वितरण गर्ने गरी काम गरिरहेको विभागका सूचना प्रविधि शाखा निर्देशक मुकेश रेग्मीको भनाइ छ। कार्ड छिटो ल्याएर सेवाग्राहीलाई लाइसेन्समा समस्या हुन नदिन विभागको ध्यानाकर्षण गराइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउँछन्। यातायात व्यवस्था विभागले भने मागअनुसार लाइसेन्स प्रिन्ट गर्न नसकेकै कारण समयमै वितरण हुन नसकेको दाबी गरेको छ। अहिलेसम्म ३४ लाख १९ हजार ४ सय १० थान लाइसेन्स प्रिन्ट गरेर वितरण भइसकेको छ

कार्डको समस्या समाधान गर्न मागअनुसार कार्ड आपूर्तिको ठेक्का व्यवस्थापन गर्नुपर्ने विभागका पूर्वमहानिर्देशक रूपनारायण भट्टराई बताउँछन्म हुँदा मन्त्रालयले असाध्यै हस्तक्षेप र्गयो। त्यसैले ठेक्का व्यवस्थापनको काम समयमै हुन सकेको थिएन,’ उनले भने, ‘अहिले के छ, थाहा छैन, हस्तक्षेप नगर्ने भए खरिद व्यवस्थापन चाँडो र राम्रो गर्नुपर्छसमस्या कार्ड अभावको मात्र होइन। कार्ड भए पनि पर्याप्त मेसिन नहुँदा छपाइमा समस्या हुने गरेको छएउटा मेसिनको भरमा सबै कार्ड प्रिन्ट गरेर दिन एक वर्ष लाग्छ,’ विभागका एक कर्मचारीले भने, ‘लाइसेन्सको माग यति धेरै छ, तर सधैं एउटा मेसिनको भर पर्नुपर्दा समस्या भएको होनयाँ मेसिन खरिदका लागि तीनपटक ठेक्का आह्वान भए पनि तीनैपटक रद्द भएको ती कर्मचारीको भनाइ छ

सम्बन्धित समाचार