२०८३ बैशाख १९ गते , शनिबार
माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु
बिर्तामोड । झापाको बिर्तामोडमा माछा मार्ने क्रममा पैनीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१० स्थित तेलकानी निवासी २६ वर्षीय दिनेश हस्दा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान हस्दा घर नजिकैको पैनीमा माछा मार्ने गएका थिए । माछा मार्ने क्रममा पैनीमा डुबेर घाइते भएका उनलाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो ।
उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।