२०८३ बैशाख १९ गते , शनिबार

हिमालयन लाइफले गर्यो मृत्यु दाबी भुक्तानी

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १२ गते , मंगलबार
हिमालयन लाइफले गर्यो मृत्यु दाबी भुक्तानी

बिर्तामोड । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखाले मृतकको परिवारलाई चार लाख पाँच सय रुपैँया मृत्यु दाबी भुक्तानी गरेको छ । बिर्तामोड शाखा कार्यालयमा सोमबार एक कार्यक्रमका बिच बिर्तामोड १ निवासी मृतक डेगप्रसाद भट्टराईकी पत्नी भुमादेवी खनाललाई सो रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका कोशी प्रदेश उपप्रमुख भोलाकृष्ण (नविन) मिश्रले उक्त चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै मिश्रले विछोडिएका परिवारको सदस्यलाई समयसँगै बिस्तारै बिर्सिएपनि दिवंगत हुने व्यक्तिको अभावमा हुने आर्थिक संकट कहिल्यै बिर्सन नसकिने हुँदा हरेक घरपरिवारमा बीमा अपरिहार्य रहेको बताए । कम्पनीबाट प्राप्त उक्त रकमले घरमा सानै भएपनि भरथेग हुने कम्पनीले विश्वास लिएको मिश्रले बताए ।

भट्टराईले साबिकको प्राइम लाइफमा आठ बर्ष अघि तीन लाख रुपैँयाको बीमा गरेको र १ लाख ७२ हजार ३२४ रुपैँया प्रिमियमबापत जम्मा गरेको कम्पनीका बिर्तामोड शाखा प्रमुख बद्रीप्रसाद भण्डारीले जानकारी दिए ।

कार्यक्रममा मृतक परिवारको तर्फबाट टिकाराम खनाल, कृष्णप्रसाद ओझा, कम्पनीका बिर्तामोड शाखाका मार्केटिङ एक्ज्युकेटिभ भिम खनाल, सिनियर एजेन्सी मेनेजर तथा एमडीआरटी खिवराज दाहाल, सागर रिजाल, कविता थापा, मिरा श्रेष्ठ, पुनम नेपाललगायत अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।  

 

 

सम्बन्धित समाचार