२०८३ बैशाख १९ गते , शनिबार

भन्सार छलेर ल्याउँदै गरेको साढे तीन लाखको कपडा बरामद

sajilo news
परिवेश मिडिया
२०८० भाद्र ११ गते , सोमबार
भन्सार छलेर ल्याउँदै गरेको साढे तीन लाखको कपडा बरामद

बिर्तामोड । भन्सार छलेर भारतबाट ल्याउँदै गरेको तीन लाख ५० हजार मुल्य बराबरको कपडा प्रहरीले बरामद गरेको छ । सोमबार दिउँसो साढे ४ बजे मेचीनगर६ कालीखोलाबाट प्रहरीले उक्त कपडा बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले १५५ थान साडी, १५९ थान चोलो र एक सय थान महिलाको भित्री बस्त्र नेपाल ल्याउँदै गरेको अवस्थामा बरामद गरी मेची भन्सार कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

सम्बन्धित समाचार