२०८३ बैशाख १९ गते , शनिबार

मुक्ति चोक नजिकै नालामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

sajilo news
परिवेश मिडिया
२०८० भाद्र ११ गते , सोमबार
मुक्ति चोक नजिकै नालामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

बिर्तामोड । झापाको बिर्तामोड५ स्थित काकरभिट्टा रोडमा दुर्गा मन्दिर नजिकै एक पुरुषको शव फेला परेको छ । हिकोला हेरिटेज र दुर्गा मन्दिरको बिच भागमा नाला भित्र लडेको अवस्थामा उक्त शव फेला परेको हो ।

सोमबार बिहान साढे चार बजे प्रसाई मार्केटमा कार्यरत सुरक्षा गार्डले नाला माथि साइकल लडेको देखेपछि गएर हेर्दा नालाभित्र शव देखेर प्रहरीलाई खबर गरेका थिए । करिब ३० बर्षको उक्त शव हेर्दा तराई मुलको जस्तो देखिने इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । मन्दिरको भेटिजस्तो खुद्रा पैसा पेन्टको गोजीमा भेटिएको र निधारमा बाहेक अन्य भागमा घाउ चोट नदेखिएको उनले बताए ।

शवको पहिचान खुल्न बाँकी रहेको र कानुनी प्रक्रियाको काम भइरहेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार