२०८३ बैशाख १९ गते , शनिबार

कोशीमा भारी बर्षाको सम्भावना

sajilo news
परिवेश मिडिया
२०८० भाद्र ८ गते , शुक्रबार
कोशीमा भारी बर्षाको सम्भावना

बिर्तामोड । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तरी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही  कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, बागमती , गण्डकी  र लुम्बिनी  प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमतीगण्डकी  र लुम्बिनी प्रदेशको  एकदुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

आज राति भने कोशी, मधेस, बागमती र गण्डकी  प्रदेशका  केही  स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेसबागमती र गण्डकी प्रदेशका एकदुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार