२०८३ बैशाख १९ गते , शनिबार

कोशी र गण्डकीमा भारी बर्षाको सम्भावना

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १ गते , शुक्रबार
कोशी र गण्डकीमा भारी बर्षाको सम्भावना

बिर्तामोड । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर  अर्थात् नेपाल निकट रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एकदुई स्थानमा  हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी  प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति भने कोशी प्रदेश लगायत बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका  केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी  प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

सम्बन्धित समाचार