२०८३ बैशाख १९ गते , शनिबार

भारतीय कारको ठक्करबाट नेपाली मोसा चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ३१ गते , बुधबार
भारतीय कारको ठक्करबाट नेपाली मोसा चालकको मृत्यु

बिर्तामोड । पूर्वपश्चिम लोकमार्गअन्तर्गत झापाको कमल गाउँपालिका ५ पाडाजुँगीमा भारतीय कारको ठक्करबाट मोटरसाइकल चालक डोरप्रसाद खनालको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ११ एपी ४१४१ नम्बरको भारतीय कारले विपरित दिशातर्फ आइरहेको मे ७ प ४६४४ नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कमल गाउँपालिका ४ का ६७ बर्षीय खनालको मृत्यु भएको हो ।

मंगलबार बेलुका ७ः१५ बजे भएको सो दुर्घटनाका घाइते खनाललाई उपचारका लागि दमकतर्फ लानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । खनालको शव तत्काल लाइफलाईन अस्पतालमा रहेको, कार चालक मोरङ बिराटनगर ७ बस्ने ३१ बर्षीय रुस्तम उप्रेती र दुवै सवारीसाधन ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जनाइएको छ ।

सम्बन्धित समाचार