२०८३ बैशाख १९ गते , शनिबार

गिरीबन्धु टी स्टेट्स जग्गा प्रकरणको छानबिन हुने

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ३० गते , मंगलबार
गिरीबन्धु टी स्टेट्स जग्गा प्रकरणको छानबिन हुने

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् ।

विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग काठमाण्डौमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताएका हुन् ।

केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेट्सको नाममा रहेको ३४२ विघा १९ कट्ठा, १२ घुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो ।

टी इस्टेट्सको जग्गा बहुमुल्य जग्गा बेच्नका लागि कानुन संशोधन गरेको आरोप लाग्दै आएको छ ।

सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिक काम बनाएको उनले बताए ।  भ्रष्टाचार र सुशासनलाई प्राथमिकता दिने क्रममा नक्कली शरणार्थी र ललिता निवास प्रकरण बाटोमा भेटिएका र त्यसमा सरकारले काम गरिरहेको प्रचण्डले दाबी गरे ।

सम्बन्धित समाचार