कनकाई साप्ताहिक नवौँ बर्षमा प्रवेश
सुरुङ्गा । झापाको सुरुङ्गाबाट नियमित रुपमा प्रकाशन हुँदै आइरहेको कनकाई साप्ताहिक नवौँ बर्षमा प्रवेश गरेको छ ।
सुरुङ्गा क्षेत्रबाट नियमित रुपमा अनलाईन संस्करणसहित प्रकाशित हुदै आइरहेको कनकाई साप्ताहिक यस क्षेत्रकै पहिलो अखबार र अनलाईन संस्करण हो । कनकाई साप्ताहिक प्रेस काउन्सिलबाट 'क' बर्गमा बर्गीकृत हुँदै आएको छ । पत्रिका र अनलाईन संस्करण नवौँ बर्षमा प्रवेश गरेसँगै पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले आगामी यात्रामा पाठकसामु अझ नौला र ज्ञानवर्धक सुचना र समाचारहरु पस्कने प्रतिवद्धता जनाएका छन । पत्रिका र अनलाईन नवौँ बर्ष प्रवेशको अवसरमा सम्पादक/प्रकाशक झापालीले सम्पुर्ण पाठक, विज्ञापनदाता, सहयोगी संघ संस्थाका प्रतिनिधि लगायतमा धन्यवाद तथा आभार ब्यक्त गरेका छन । आगामी दिनमा श्रब्यदृश्य सहितका डिजिटल सामाग्रीका साथमा पत्रिकालाई समेत थप परिस्कृत बनाउँदै लैजाने झापालीले बताए ।