२०८३ बैशाख १९ गते , शनिबार

इलाम–झापा मैत्री समाज मेचीनगर नगर समिति गठन हुने

sajilo news
परिवेश मिडिया
२०८० श्रावण २८ गते , आईतबार
इलाम–झापा मैत्री समाज मेचीनगर नगर समिति गठन हुने

मेचीनगर । इलामझापा मैत्री समाजको मेचीनगर नगर समिति गठन हुने भएको छ । आज भएको भेलाले नगर समिति गठन गर्ने निर्णय गरेको हो ।  

मैत्री समाजको नयाँ कार्य समितिले नगर समिति निर्माणलाई तीब्रता दिएको छ । आज धुलाबारीमा जिल्ला समिति, मेचीनगरमा उपलब्ध समाजका सदस्यहरु र विभिन्न नगर समितिका पदाधिकारी तथा सदस्यहरुको प्रारम्भिक भेलाले आगामी भाद्र १६ गते मेचीनगर नगर समिति गठन गर्ने निर्णय गरेको मैत्री समाजका जिल्ला सचिव सागर रिजालले जानकारी दिए । छलफलबाट १६ गते धुलाबारी स्थित होटल निर्भानामा नगर समिति गठन गर्ने कार्यक्रम तय गरेको जिल्ला उपाध्यक्ष नरेश कर्माचार्यले जानकारी दिए ।

भेलामा पूर्व जिल्ला अध्यक्ष श्याम खड्गी, वर्तमान अध्यक्ष तिलोत्तमा खत्री, महासचिव दिनेश भट्टराई, सदस्यहरु तुलसा खतिवडा, चन्द्र तिवारी, बिर्तामोड नगर अध्यक्ष अञ्जु लामिछाने, सचिव मिलन कोइराला, कोषाध्यक्ष दुर्गा पोखरेल, भद्रपुर अध्यक्ष नारायण खतिवडालगायत उपस्थित थिए ।

सम्बन्धित समाचार