२०८३ बैशाख १९ गते , शनिबार

ईप्रका बिर्तामोडद्वारा रक्तदान कार्यक्रम आयोजना

sajilo news
परिवेश मिडिया
२०८० श्रावण २८ गते , आईतबार
ईप्रका बिर्तामोडद्वारा रक्तदान कार्यक्रम आयोजना

बिर्तामोड । ईलाका प्रहरी कार्यालय अनारमनीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार नेपाल प्रहरी श्रीमती संघको ३९औँ बार्षिकोत्सवको अवसरमा रक्तदान आयोजना गरिएको हो ।
बिर्तामोडको मुक्तिचोकस्थित पुरानो जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवनमा कार्यक्रम आयोजना गरिएको थियो । ईप्रका अनारमनीको आयोजना र नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा ४७ पिण्ट रगत संकलन भएको ईप्रका अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । 

सम्बन्धित समाचार