२०८३ बैशाख १९ गते , शनिबार

स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु श्रीमान् घाइते

sajilo news
परिवेश मिडिया
२०८० श्रावण २७ गते , शनिबार
स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु श्रीमान् घाइते

फिदिम । पाँचथरको फिदिम नगरपालिका११ फेवादिनमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे ७ बजे नागिनबाट फिदिमतर्फ आउँदै गरेको प्रदेश १०३००१ प ५२७१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय ६५ बर्षीया मायादेवि कार्कीको मृत्यु भएको हो ।

स्कुटर चालक ७० बर्षीय हेमकुमार कार्की र निजकी श्रीमती मायादेवि घाईते भएका थिए । घाईते उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएकोमा उपचारको क्रममा मायादेविको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।

 

सम्बन्धित समाचार