२०८३ बैशाख १९ गते , शनिबार

भ्रष्टाचार विरुद्धको युद्ध सुरु भयो अब रोकिदैन : मन्त्री किराती

sajilo news
परिवेश मिडिया
२०८० श्रावण २४ गते , बुधबार
भ्रष्टाचार विरुद्धको युद्ध सुरु भयो अब रोकिदैन : मन्त्री किराती

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध युद्ध सुरु गरेको बताउँदै अब यो नरोकिने बताएका छन । उनले सरकारले अहिले चलाएको भ्रष्टाचार विरुद्धको कदम नरोकिने बताएका हुन।

बुधबार २९औँ विश्व आदिबासी दिवसको कार्यक्रममा सहभागि हुन कमल गाँउपालिका झापा आएका मन्त्री किरातीले स्थानीय नेता कार्यकर्ताहरुसँग संक्षिप्त भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो पार्टी र अहिलेको सरकारले जनभावाना अनुसारको काम गरिरहेको दाबी गरे ।

'हिजो हामीले परिवर्तनका लागि लड्यौँ अब भ्रष्टाचार विरुद्ध लड्छौँ,' उनले भने । यो लडाइमा अवरोध गर्ने तत्वहरु सक्रिय भएपनि डगनमगाइ अघि बढ्ने उनको भनाइ छ। 'हामी सुशासनको पक्षमा र भ्रष्टाचार विरुद्धको युद्धमा होमिसकेका छौं,' मन्त्री किरातीले भने ।
हरेक अग्रगामी आन्दोलनमा आदिबासी जनजातीको अग्रणी भूमिका
यसैबीच आदिबासी दिवसको अवसरमा कमल गाँउपालिकाकै आदिबासी रंगशालामा आयोजना भएको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री किरातीले हरेक अग्रगामी आन्दोलनमा आदिबासी जनजातीहरु अग्रणी भूमिकामा रहेको बताए । विसं.२००७ सालको आन्दोलनमा ब्रिटिस आर्मीबाट अवकाश पाएका आदिबासीहरु सहभागि भएको स्मरण गर्दै उनले हरेक आन्दोलनहरुमा उच्च योगदान रहेको उल्लेख गरे ।
पुर्खाले छाडेको ७ वटा मानव निर्मित सम्पदा बाहेक नेपालमा अन्य सम्पदाहरु अहिलेसम्म बन्न नसकेको भन्दै यसमा ध्यान दिनुपर्ने बेला आएको बताए । पहिचान र संस्कृतिलाई जोगाउनका लागि ढिला गर्नु नहुने उनको भनाइ छ । 'हामीले पूर्वको पहाडदेखि पश्चिमका पहाडहरुसम्म पहिचानमा आधारित सम्पदा निर्माण गर्न सक्छौँ,' उनले भने ।

सम्बन्धित समाचार