२०८३ बैशाख १९ गते , शनिबार

कोशीका नदीहरुमा सबैभन्दा धेरै जलविद्युत उत्पादन क्षमता

sajilo news
परिवेश मिडिया
२०८० श्रावण २४ गते , बुधबार
कोशीका नदीहरुमा सबैभन्दा धेरै जलविद्युत उत्पादन क्षमता

बिर्तामोड । नेपालमा जलविद्युत उत्पादनको सम्भाव्यता उच्च रहेको प्रतिवेदनहरु यत्रतत्र छन् । विभिन्न समयमा गरिएका अध्ययनबाट पनि ८४ हजार मेगावाट विजुली उत्पादनको सम्भावना नेपालमा रहेको देखिएको थियो । तर, पछिल्ला तथ्याङ्कहरुले भने योभन्दा पनि ठूलो क्षमतामा बिजुली उत्पादनको सम्भावना देखाएको छ ।

सरकारले नदी प्रवाहमा आधारित आयोजना (आरओआर) मा आधारित आयोजनाको डिजाइन (क्यू) घटाएमा उत्पादन सम्भावना बढ्ने देखिएको हो ।

सरकारले जलविद्युतमा क्यू २५गरेमा बिजुलीको उत्पादन ८० प्रतिशतसम्मले बढ्ने निजी क्षेत्रको भनाइ छ । हाल नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको डिजाइन क्यू ४०मा गर्नुपर्छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)मा आबद्ध विभिन्न व्यवसायी नेपालमा डेढ लाख मेगावाट बिजुली उत्पादनको सम्भावना रहेको बताउँछन् ।

तथ्याङ्कअनुसार आजको मितिसम्म निजी क्षेत्रबाट १६ सय ५५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । यस्तै, विद्युत प्राधिकरणको लगानीका आयोजनाबाट ६६१ मेगावाट र प्राधिकरणकै सहायक कम्पनीहरुबाट ४७८ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

इप्पानले तयार पारेको तथ्याङ्कअनुसार सात प्रदेशमध्ये कोशी प्रदेशबाट सबैभन्दा धेरै बिजुली उत्पादन गर्न सकिन्छ । कोशी प्रदेशमा आरओआर आयोजनाबाट मात्रै साढे २२ हजार मेगावाट बिजुली उत्पादन क्षमता देखिएको इप्पानको तथ्याङ्कले देखाउँछ ।

नेपालमा रहेका नदीमध्ये कोशी बेसिनमा २७ हजार ८०० मेगावाटभन्दा धेरै क्षमतामा बिजुली उत्पादनको सम्भावना छ ।

कोशी बेसिनमा आधारित जलाशययुक्त आयोजनाबाट १४ हजार ७८० मेगावाट क्षमतामा बिजुली उत्पादन गर्न सकिन्छ । कोशी बेसिनमा रहेका नदीमध्ये सप्तकोसी नदीबाट ८ हजार १८१ मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ ।

यस्तै, सुनकोसी१ बाट ३ हजार मेगावाट, तमोरबाट १७ सय मेगावाट बिजुली उत्पादन हुन सक्छ । यस्तै, सुनकोसी२ बाट १४४ मेगावाट, अरुण५ बाट ७३७ मेगावाट, अरुण४ बाट १७३ मेगावाट, अरुण१ बाट १३४ र अरुण२ बाट १९७ मेगावाट क्षमतामा जलाशययुक्त आयोजनाबाट बिजुली उत्पादनको सम्भावना छ ।

सम्बन्धित समाचार