मन्त्री किराती पूर्वमा, यस्तो छ तालिका
बिर्तामोड । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराती बुधबार पूर्व आएका छन् । उनी बुधबार बिहान बुद्ध एयरको विमान मार्फत ९ बजे चन्द्रगढी एयरपोर्ट आइपुगेका हुन् ।
तीन दिने कार्यक्रम लिएर पूर्व आएका मन्त्री किरातीले बुधबार विहान नै काँकरभिट्टास्थित एशियन हाइवे र पर्यटन कार्यालयको अवलोकन गरेका थिए । किरातीले दिउँसो ११ बजे कमल गाउँपालिकामा पार्टी कार्यकर्तासँग भेट्ने कार्यक्रम रहेको स्वकीय सचिव राजन साम्पाङ्ले जानकारी दिए । कमल गाउँपालिकाले आयोजना गरेको आदिवासी दिवस कार्यक्रममा १२ बजे सहभागी भएर मन्त्री किरातीले दमकमा उपलब्ध पत्रकारसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै २ बजे उर्लाबारी मोरङमा आदिवासीको कार्यक्रममा सहभागी भएर साढे ४ बजे धरानमा पत्रकारहरुसँग भेटघाट गरी साँझ धनकुटा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
सचिवालयलका अनुसार मन्त्री किरातीले बिहीबार कार्यकर्ताहरुसँग भेटघाट गर्ने र शुक्रबार भोजपुर विमानस्थलको टर्मिनल भवन शिलन्यास गरेर फर्कने कार्यक्रम रहेको छ ।