२०८३ बैशाख १९ गते , शनिबार

आज कोशी प्रदेशमा सार्वजनिक विदा

sajilo news
परिवेश मिडिया
२०८० श्रावण २४ गते , बुधबार
आज कोशी प्रदेशमा सार्वजनिक विदा

बिर्तामोड । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर विदा दिएको हो ।

अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर विदा दिएको प्रदेश सरकारले जनाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरेरै विदाको जानकारी दिएको हो । संघीय सरकारले दिएको विदामा प्रदेशले केहि विदा थप गर्नसक्ने व्यवस्था अनुसार बुधबार विदा दिइएको हो ।

प्रदेश सरकारले दिएको विदा संघीय सरकार मातहतका निकायहरुमा पनि लागू हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार