२०८३ बैशाख १९ गते , शनिबार
रोटरी र रोट्रयाक्ट क्लब अफ मेचीनगरको पद हस्तान्तरण सम्पन्न
बिर्तामोड । रोटरी र रोट्रयाक्ट क्लब अफ मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार होटल मेची क्राउनमा एक कार्यक्रमका बिच रोटरी र रोट्रयाक्ट क्लब अफ मेचीनगरको तेस्रो पद हस्तान्तरण सम्पन्न भएको हो ।
कार्यक्रममा रोटरीका निवर्तमान अध्यक्ष अनन्तप्रकाश वस्तीले वर्तमान अध्यक्ष सविता भण्डारी र रोट्रयाक्टका निवर्तमान अध्यक्ष विशाल कार्कीले वर्तमान अध्यक्ष श्याम शिवाकोटीलाई पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि रोटरीका डिस्ट्रिक गर्भनर राजेन्द्र धोजु र विशेष अतिथि मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी रहेका थिए ।
समारोहमा सहभागीलाई रोटरी क्लव अफ मेचीनगरका प्रेसिडेन्ट इलेक्ट कमल प्रसाद कोइरालाले स्वागत गरेका थिए ।