२०८३ बैशाख १९ गते , शनिबार

सामान्य बन्यो कारागार

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १९ गते , शुक्रबार
सामान्य बन्यो कारागार

बिर्तामोड । चन्द्रगढीस्थित कारागारको अवस्था सामान्य बनेको छ । कारागार प्रशासनले भाइ नाइके मनोज लावतीलाई सरुवा गर्न लागेको बिषयलाई लिएर कैदिबन्दीहरु आन्दोलनमा उत्रिँदा केही समय कारागार अशान्त बनेको थियो ।
कारागारमा रहेका कैदी लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीवन्दीहरुले टायर बालेर कारागार प्रशासनको बिरोध गरेका थिए । भद्रपुर, बिर्तामोडलगायतको दमकलको सहायतामा आगो निभाइएको थियो । करिब साढे चार बजेपछि कैदिबन्दी शान्त बनेको र सुरक्षाफौज फिर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए । कैदिबन्दीको आन्दोलनका कारण लावतीको सरुवा आजलाई रोकिएको छ । 

सम्बन्धित समाचार