२०८३ बैशाख १९ गते , शनिबार

रोहित चौधरी हत्या प्रकरण : झापाका १ सहित दुई जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १९ गते , शुक्रबार
रोहित चौधरी हत्या प्रकरण : झापाका १ सहित दुई जना पक्राउ

बिर्तामोड । इटहरी नगरपालिका २० सेउती पुल नजिकै केहि दिन अघि रोहित चौधरीको गोली हानी हत्या गरिएको घटनामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा भद्रपुर १ घर भई धरान बस्दै आएका ३० बर्षीय प्रकाश लिम्बू र विराटनगर १५ का ४१ बर्षीय अजयकुमार शमौलाई पक्राउ गरेको हो ।

प्रहरीले यस अघि लेटाङ १ का ३५ बर्षीय दिपक तिमिल्सिना र धरान १० का अनसन तामाङलाई यस अघि नै पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । चौधरीलाई आफ्नो जन्म दिन मनाउन साथीसँग धनकुटाको मुलघाट गएर फर्कने क्रममा सेउती पुलमा गोली हानी हत्या गरिएको थियो ।    

सम्बन्धित समाचार