२०८३ बैशाख १९ गते , शनिबार

क्यान्सर पिडित भन्सार एजेन्ट रुक्मिना हाजिर जमानीमा रिहा

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १९ गते , शुक्रबार
क्यान्सर पिडित भन्सार एजेन्ट रुक्मिना हाजिर जमानीमा रिहा

बिर्तामोड । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट झापा गौरादहकी रूक्मिना सुब्बा बिहीबार हाजिर जमानीमा छुटेकी छन् । घाँटीको क्यान्सरकी बिरामी सुब्बालाई उपचारका निम्ति हाजिर जमानीमा छाडिएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ । उनलाई बुवा र श्रीमानको जिम्मामा छाडिएको हो । सुब्बा अहिले क्यान्सरको फलोअपमा छिन् । 

यो प्रकरणमा अहिलेसम्म १८ जनालाई पक्राउ गरिएको थियो । तीमध्ये सुब्बा छुटेकी हुन्। उनी गत साउन ७ गते पक्राउ परेकी थिइन् ।् विभागले पछिल्लो समय साउन १४ गते बेल्जियन नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो। त्यसअघि साउन १० गते नरेश भन्ने सुरेन्द्र तामाङलाई पक्राउ गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत तीन जना कर्मचारी पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन् । उनीहरूको कार्यसम्पादनमा लापरबाही देखिएको भन्दै भन्सार विभागले निलम्बन गरेको थियो । पछि उनीहरूलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो ।

त्यस्तै, भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङ पक्राउ परेका छन्।

सम्बन्धित समाचार