कनकाईमा सूचना अधिकारीले नै पाउँदैनन् सूचना
बिर्तामोड । कनकाई नगरपालिकामा सूचना अधिकारीले नै कार्यालयबाट सूचना नपाउने गुनासो गरेका छन् । सूचना अधिकारी हरिप्रसाद मिश्रले आफुले नै समयमा कार्यालयबाट सूचना नपाउने गुनासो गरेका हुन् ।
सेवाग्राहीले मागेको सूचना उपलब्ध गराउन आफुले नै कार्यालयबाट समयमा सूचना नपाउने मिश्रको गुनासो छ । ‘अब राख्या छन् बोर्डमा के सूचना पाउँछु र अधिकारी हुनु,’ उनले भने, ‘मै सूचना पाउँदिन मैले के दिन्छु होला र !’ उनले थपे–‘मैले कोहि नहुँदा चलाइदिया हो त्योपनि भेग भइसक्यो किनभने मैले यथेष्ट सूचना मै माग्न १५ दिन मलाई लाग्छ भने मैले त्यो अधिकारी पद किन लिन्छु, मलाई त्यसमा इन्ट्रेस्ट पनि छैन उ पनि छैन ।’
सूचना अधिकारी लेखेर बोर्डमा नाम नम्बर राखिएको बिषयमा मिश्रले भने– ‘त्यो म च्यात्न लाइदिउँला किनभने मैले सूचना पाउँदिन, दिन सक्दिन मैले पटक पटक छोड्न अनुरोध गरेको । मैले त्यो लिइरहन जरुरीपनि छैन ।’