२०८३ बैशाख १९ गते , शनिबार
स्वतन्त्र नागरिक कार्य सम्पादन समूह कनकाईमा भेट्वाल
सुरुङ्गा । करवृद्धि र नगरपालिकाको मनोमानी विरुद्ध आवाज उठाउने उद्धेश्यले स्वतन्त्र नागरिक कार्य सम्पादन समूह कनकाई समिति गठन भएको छ । चन्द्र भेट्वालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको सहसंयोजकमा राजकुमार फुयाल रहेका छन् । अन्य सदस्यहरुमा विष्णु संग्रौला, मोहन राजवंशी, भिष्म पौडेल, रत्नबहादुर कार्की, भोला सुवेदी, टिका ओली, अर्जुन सिटौला, मेदनी विमली, दिपक पाण्डे, दिपक ओली र दधिराम न्यौपाने रहेका छन् ।
शेरबहादुर थापाको संयोजकत्वमा भएको भेलाका प्रमुख अतिथी सुरुङ्गा खानेपानी उपभोक्ता तथा सरसफाई समिति अध्यक्ष भीमप्रसाद अधिकारी रहेका थिए ।
नगरपालिकाले अत्यधिक करवृद्धि गरेको, सूचनाप्रवाहमा कन्जुस्याइँ गरेको लगायत कमीकमजोरी भेलाले औँल्याएको छ । वुधबार समूहले कनकाईमा शान्तिपूर्ण विरोध र्याली गर्ने जनाएको छ ।