२०८३ बैशाख १९ गते , शनिबार

कोशीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न दोस्रो पटक आह्वान

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १२ गते , शुक्रबार
कोशीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न दोस्रो पटक आह्वान

बिर्तामोड । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि ४ दिनभित्र  दाबी पेश गर्न आह्वान भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

यस अघि संविधानको धारा १६८ (२) अनुसार दाबी पेश गरेर मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले बिहीबार मात्र  बदर गर्नुका साथै संविधानको धारा १६८ (२) अनुसार १७ गतेसभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिएको थियो ।

सम्बन्धित समाचार