२०८३ बैशाख १९ गते , शनिबार
यातायात कार्यालय बिर्तामोडले बाँड्यो साढे तीस हजार लाइसेन्स
बिर्तामोड । यातायात व्यवस्था कार्यालय बिर्तामोडले ३० हजार ५५८ वटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरेको छ । कार्यालयले गत आर्थिक बर्षमा उक्त संख्यामा लाइसेन्स वितरण गरेको हो ।
कार्यालयले २२ हजार २२५ वटा नयाँ र ८ हजार ३३३ वटा वर्ग थप गरेको लाइसेन्स वितरण गरेको जनाएको छ । सो अवधिमा २४ हजार ७११ जनाले लाइसेन्स नविकरण गरेका थिए ।
गत बर्ष ४९ हजार ८४३ जनाले नयाँ र १७ हजार ८४७ जनाले लाइसेन्स वर्ग थपका लागि आवेदन दिएको कार्यालयले जनाएको छ । यसरी हेर्दा आवेदन दिएको मध्ये आधा भन्दा कमले मात्र लाइसेन्स पाएको देखिएको छ ।
कार्यालयले शुक्रबार र शनिबार बाहेक हरेक दिन लाइसेन्सका लागि ट्रायल गराउँदै आएको छ ।