२०८३ बैशाख १९ गते , शनिबार

फिदिम दुर्घटना अपडेट : थप १ को मृत्यु, ८ जना घाइतेको बिर्तामोडमा उपचार हुँदै

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १० गते , बुधबार
फिदिम दुर्घटना अपडेट : थप १ को मृत्यु, ८ जना घाइतेको बिर्तामोडमा उपचार हुँदै

बिर्तामोड । मेची राजमार्गको इलामफिदिम सडकखण्डअन्तर्गत पाँचथरको फिदिम नगरपालिका२ सामदिनमा मंगलबार जिप दुर्घटनामा घाइते सविना विश्वकर्माको मृत्य भएको छ । विश्वकर्माको उपचारका लागि झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइतेहरु मध्ये अहिले ६ जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । ताप्लेजुङ मिक्वाखोला५ पापुङ सिम्बुकी २६ बर्षीया इसेटिमा शेर्पाको अवस्था मध्यम रहेको र आइसीयुमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । अर्का घाइते पाँचथर हिलिहाङ१ बस्ने २५ बर्षीय रोशन श्रेष्ठको निधारमा सामान्य चोट रहेको र सोहि स्थानका २३ बर्षीय भुपेन्द्र श्रेष्ठको पनि सोहि अस्पतालमा उपचार भइरहेको छ । फदिम नगरपालिका१० याङ्नामकी ५ बर्षीया पुस्तिाका विकको समेत सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

काठमाण्डौ४ बल्खुकी २० बर्षीया मिना लिम्बु र पाँचथर फाल्गुन्द३ घर भइ प्रहरी सहायक हवल्दारको रुपमा इलाका प्रहरी कार्यालय दोभानमा कार्यरत राम नेम्बाङको अवस्था मध्यम रहेको र दुवै जनाका आइसीयुमा उपचार भइरहेको छ ।  

त्यस्तै ईलाम सिद्धिथुम्काका १४ बर्षीया निरुता सेन्चुरी र कालिकोट पतन्जली गाउँपालिका१ बस्ने बर्ष २२ को सुमन खड्काको सामान्य अवस्थामा बिर्तासिटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

झापाको बिर्तामोडबाट फिदिमतर्फ जाँदै गरेको मे १ज १९४१ नम्बरको ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । ओरालो बाटोमा ब्रेक नलागेर गाडी भीरतिर खसेको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा १३ जना घाइते भएका थिए । ट्याक्सी चालकको अवस्था सामान्य रहेकाले अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

सम्बन्धित समाचार