२०८३ बैशाख १९ गते , शनिबार

कलकत्तेमा चोरको बिगबिगी

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १० गते , बुधबार
कलकत्तेमा चोरको बिगबिगी

दानाबारी । ईलामको माई नगरपालिका वडा नम्बर ८ कलकत्ते गाउँमा चोरको बिगबिगी हुन थालेको छ । गाउँमा सुकाएको लुगाकपडा, कुखुरा तथा धनमाल चोरी हुन थालेको हो ।

मंगलवार राति स्थानीय सबिना तामाङको घरबाट लुगा चोरी भएको छ ।

रातको समयमा मानिसहरु सुतेपछि लुगा, कुखुरा र अन्य बहुमूल्य बस्तुहरु हराउन थालेको एक स्थानीयले बताए । चोरको बिगबिगी बढेपछि स्थानीय त्रसित बनेका छन् ।

गाउँमा चोरीको घटना बढेपछि प्रशासनले सुरक्षागस्ती बढाउनु पर्ने स्थानीयले माग गरेका छन् ।

सम्बन्धित समाचार