२०८३ बैशाख १९ गते , शनिबार

इलाम झापा मैत्री समाजद्वारा सर्वत पानी वितरण

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ८ गते , सोमबार
इलाम झापा मैत्री समाजद्वारा सर्वत पानी वितरण

अर्जुनधारा । झापाको अर्जुनधारास्थित जलेश्वर धाममा इलाम झापा मैत्री समाजले सर्वत पानी वितरण गरेको छ । सोमबार जलेश्वर धाममा जल चढाउन आउने भक्तजनहरुलाई सातु, सर्वत र पिउने पानी वितरण गरिएको हो ।
मैत्री समाज बिर्तामोड नगर समितिको संयोजनमा कार्यक्रम सम्पन्न भएको नगर समिति सचिव मिलन कोइरालाले जानकारी दिए । साउनको हरेक सोमबार मैत्री समाजको विभिन्न नगर समितिले पालो मिलाएर उक्त वितरण कार्यक्रम गर्दै आएको जिल्ला अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिइन ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष नरेश कर्माचार्य, सचिव सागर रिजाल, सदस्य रेस बहादुर बस्नेत, बिर्तामोड अध्यक्ष अन्जु लामिछाने, कोषाध्यक्ष दुर्गा घिमिरे, सदस्य गंगा खनाल, अर्जुनधारा नगर अध्यक्ष पर्शुराम खरेल, बुद्धशान्ति अध्यक्ष डिल्ली नेपाललगायत सदस्यहरुको उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार