२०८३ बैशाख १९ गते , शनिबार

​​​​​​​सञ्चारिका समूहद्वारा सञ्चारकर्मी संग्रौला सम्मानित

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ५ गते , शुक्रबार
​​​​​​​सञ्चारिका समूहद्वारा सञ्चारकर्मी संग्रौला सम्मानित

बिर्तामोड । झापाली अग्रज महिला सञ्चारकर्मी सुशिला संग्रौला सम्मानित भएकीछन् । उनलाई बिहीबार बिर्तामोडमा यस वर्षको सञ्चारिका सम्मानबाट सम्मानित गरिएको हो ।

सञ्चारिका समूह नेपाल केन्द्रीय समितिको आयोजना तथा सञ्चारिका समूह झापाको संयोजनमा बिहीबारदेखि आयोजित दुई दिवसीय पत्रकार महिलाहरुका लागि कोशी प्रदेश स्तरीय तालिम शुरु भएको छ । बिर्तामोडमा शुरु भएको उक्त तालिमको उद्घाटन कार्यक्रममा पत्रकार संग्रौलालाई सम्मान गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेकी हुन् ।

संग्रौला दुईm दशकदेखि पत्रकारीतामा सक्रिय छिन् । उनी नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्षसमेत हुन् ।

सम्बन्धित समाचार