२०८३ बैशाख १९ गते , शनिबार

पिडितलाई नै प्रहरीले हिरासतमा राखेपछि थप पिडित बनेको परिवारको गुनासो

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ५ गते , शुक्रबार
पिडितलाई नै प्रहरीले हिरासतमा राखेपछि थप पिडित बनेको परिवारको गुनासो

बिर्तामोड । झापाको शिवसताक्षी८ मा असार २१ गते दुई परिवारबिच भएको कुटपिटको घटनामा प्रहरीले पिडित भनिएका व्यक्तिलाई नै हिरासतमा राखेर थप पिडित बनाएको परिवारले गुनासो छन् । कुटपिटबाट घाइते भएका राम थापालाई प्रहरीले उल्टै हिरासतमा राखेपछि आफूहरु थप पिडित भएको थापा परिवारले गुनासो गरेका हुन् ।

घटनामा घाइते भएर थापा उपचार पश्चात औषधी सेवन गरेर घरमा बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेले कार्यालयमा बोलाएर हिरासतमा राखेको थापाका छोरी लज्जा थापाले बताइन् ।

सिमाना विवादको निहुँमा स्थानीय अजेश सुवेदी, मिना मिश्र सुवेदी, निरोज सुवेदी र रोहित सुवेदीको समूहले थापा परिवार माथि निर्घात कुटपिट गरेको बिहीवार (आज) बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी पीडित रामकी छोरी लज्जा थापाले बताइन् ।

पीडित परिवारको तर्फबाट असार २२ गते कुटपिटमा सम्लग्न सुवेदी परिवारका चारै जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गराएका थिए । इलाका प्रहरी कार्यालय झिलझिले र झापा जिल्ला अदालतमा मुद्धा दर्ता गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सुवेदी र थापा परिवारको सिमाना विवाद सम्वन्धि मुद्धा वडा कार्यालय र नगरपालिकामा रहेको न्यायिक समितिमा समेत छलफल भएपनि हल हुन नसकेको स्थानीय खेम बुढाथोकीले बताए । विवादकै बीच खेतमा आली लगाउने तयारी गर्दा गर्दै थापा परिवारमाथि सुवेदी परिवारले घरेलु हतियार (रड, ढुङ्गा) लगायतले आक्रमण गरेको पीडित परिवारकी आफन्त तथा प्रत्यक्षदर्शी विनिता भट्टराईले बताइन् ।

ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेपनि प्रहरीले अजेश सुवेदी र मिना मिश्र सुवेदीलाई पक्राउ नगरेको पीडितको भनाई छ । जसमध्ये प्रहरीकै सेटिङमा मिना अमेरिका गएको उनीहरुको आरोप छ । ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको व्यक्ति कसरी विदेश जान सक्छ ? भन्दै थापाले प्रश्न गरिन् । घटनाको सत्यतथ्य छानबिन गरी तत्काल न्याय दिन उनले माग गरिन् । 

सम्बन्धित समाचार